एलपी ग्यासभन्दा बिजुली सस्तो – कुलमान घिसिङ

घिसिङका अनुसार एलपी ग्यासभन्दा बिजुलीबाट खाना पकाउँदा सस्तो पर्छ । भारतबाट आयातित ग्यासभन्दा विद्युतबाट खाना पकाउँदा उपभोक्तालाई आर्थिक रुपमा फाइदा हुन्छ ।

‘एलपी ग्यासबाट १० लिटर पानी उमाल्न १६ रुपैयाँ खर्च हुन्छ, विद्युत् प्रयोग गर्ने हो भने १० रुपैयाँमै पानी उमाल्न सकिन्छ भन्ने हाम्रो अध्ययनले देखाएको छ’ कार्यकारी निर्देशक घिसिङ भन्छन् ।

 

ग्यासबाट पानी उमाल्दा १६ रुपैयाँ, बिजुलीबाट उमाल्दा १० रुपैयाँ

  • Product
  • Specification
  • Photos
  • AC110-240V, 50Hz/60Hz, 1000W+1000W
  • Material: 0.40mm iron steel
  • Durable 201 stainless steel heating element that ...
0
Color

Orange, White

नेपाल विद्युत् प्राधिकरण पनि केही वर्षभित्रै सबै नेपालीको घरमा खाना बनाउने विद्युतीय इन्डक्सन चुल्होसहितका उपकरण आइपुग्नेमा विश्वस्त छ । अहिले सबै स्थानमा लोडसेडिङ अन्त्य भइसकेकाले विस्तारै इन्डक्सन चुल्होको प्रयोग बढ्दै गएको प्राधिकरणको भनाइ छ । ग्यास चुल्होभन्दा इन्डक्सन चुहो इफिसियन्सी ८० प्रतिशत बढी हुने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । अब यसको प्रयोग बढ्दा उत्पादित विजुली स्वदेशभित्रै सक्दो खपत गराउन र त्यसबाट पर्याप्त राजश्व उठाएर प्राधिकरणलाई समृद्ध बनाउन यसले सघाउनेछ ।

अहिले विजुलीका ग्राहकलाई ग्यास नै प्रयोग गरिराख्नुपर्ने बाध्यता नरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् ।
थुप्रै निर्माणाधीन आयोजनाहरु सम्पन्न हुने चरणमा रहेकाले अब नेपालमा लोडसेडिङ फर्किने कुनै गुञ्जायस छैन ।

इन्डक्सन चुल्होको प्रयोग बिहान र बेलुकी बढी बिजुलीको माग हुने समयमै हुन्छ । यसो भए पनि माथिल्लो तामाकोसी जलविद्युत आयोजना जस्ता ‘पिक आवर’ (बिहान र बेलुकी) मा पूर्ण क्षतमामा चलाउन सकिने किसिमका आयोजना ग्यास विस्थापनमा सहयोगी बन्ने कार्यकारी निर्देशक घिसिङ बताउँछन् । यो आयोजना निर्माणको अन्तिम चरणमा छ । अबको एक वर्षभित्र ४५६ मेगावाटको तामाकोशी आयोजना चलिसक्ने अनुमान छ ।

विद्युतीय सवारीको सञ्चालन खर्च पनि उस्तै सस्तो छ । उनकाअनुसार पेट्रोल कारलाई प्रतिकिलोमिटर ७ रुपैयाँको इन्धन खर्चिनुपर्छ भने विद्युतीय कारलाई २ रुपैयाँ मात्रै ।

यस्तै डिजेल बसहरुलाई प्रतिकिलोमिटर इन्धन लागत १७ रुपैयाँ पर्दा विद्युतीय बसलाई मात्रै १३ रुपैयाँ खर्चिए पुग्छ । विद्युतीय स्कुटरको प्रतिकिलोमिटर लागत ५० पैसा हो भने पेट्रोल इञ्जिनवाला स्कुरको प्रतिकिलोमिटर २ रुपैयाँ रहेको घिसिङ बताउँछन् ।
Source: https://www.onlinekhabar.com/2018/10/715137

  • Product
  • Specification
  • Photos
  • AC110-240V, 50Hz/60Hz, 1000W+1000W
  • Material: 0.40mm iron steel
  • Durable 201 stainless steel heating element that ...
0
Color

Orange, White

GET THE BEST DEALS IN YOUR INBOX

Don't worry we don't spam

Leave a Reply

avatar
  Subscribe  
Notify of
OTU SHOP
Compare items
  • Total (0)
Compare
0